१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

एकल महिला समूहले आफ्नै घर बनायो


जनमञ्च संवाददाता
  • २३ जेष्ठ २०८० , मंगलबार

  • एकल महिला समूहले आफ्नै घर बनायो

    बागलुङ, २३ जेठ– मानव अधिकारका लागि महिला, एकल महिला समूह बागलुङले आफ्नै घर बनाएको छ । बागलुङ नगरपालिका–३ गहतेमा समूहले घर बनाएको हो । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले सोमबार उक्त घरको उद्घाटन गरेका छन् ।
    भवन उद्घाटन गर्दै थापाले एकल महिलाहरु पीडित भएर बस्ने भन्दा समाज विकासमा अगाडि बढ्नुपर्ने बताए । उनले एकल महिलाले पनि आफ्नो शक्ती चिनेर समाज निर्माणका लागि सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र र अन्य क्षेत्रमा लाग्न सक्नुपर्ने धारणा राखे । उनले महिला सक्रिय बन्दा एक डेढ बर्षमा भवन बनाउन सकेको भन्दै हेलचत्र्mयाइ गर्दा ठूला आयोजनाहरु ठेकेदारले अलत्रप पारेको बताए ।
    एकल महिला समूहले सामाजिक विकास कार्यालय बागलुङको ३० लाख, निर्वतमान सांसद कोपिला बोहोराको ६ लाख र बागलुङ नगरपालिकाको ५ लाखसहित बिभिन्न दाता र समूहका सदस्य समेतको सहयोगमा ५० लाख खर्चेर भवन बनाएको हो । तीन तले भवनमा सभाहल, कार्यालय लगायतको कोठा बनाइएको छ ।
    डेढ बर्षअघि काम थालेपछि मुख्य निर्माणको काम एक बर्षमै सकिएको समूहकी कोषाध्यक्ष सन्तु खड्काले बताइन् । समूहकी अध्यक्ष खड्गकुमारी खड्काको अध्यक्षता, पार्वती अधिकारीको संचालन र उपाध्यक्ष टिका भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, पूर्व सांसद कोपिला बोहरा, सीता शर्मा, सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसीलगायत एकल महिला समूहका भिनिन्न जिल्लाका अध्यक्षले बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend