१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

विद्यालयमा पढाइसँगै सीप सिक्दै विद्यार्थी


जनमञ्च संवाददाता
  • २६ जेष्ठ २०८० , शुक्रबार

  • विद्यालयमा पढाइसँगै सीप सिक्दै विद्यार्थी

    प्रतिकात्मक तस्बिर

    म्याग्दी, २६ जेठ– बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो ।
    नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको बताए । ‘मावि तहको शिक्षा हासिल गरेका विद्यार्थीलाई आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घरटोल र छिमेकमा आवश्यक पर्ने काम गर्नसक्ने बनाउने लक्ष्य छ’ केसीले भने ।
    यसवर्ष वडाको एउटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम आगामी वर्ष सबै विद्यालयमा लागू गर्ने नगरपालिकाको तयारी छ । हाउस वायरिङ, प्लम्बिङ, कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउने लगायतका सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १० वडाका लागि चालु आर्थिक वर्षमा दश लाख विनियोजन गरेको छ ।
    बेनीको वडा नं. ९ मा रहेको राष्ट्रिय र गलेश्वर माविका विद्यार्थीहलाई हाउस वाइरिङसम्बन्धी तालिम दिइएको छ । वडा नं. १ रत्नेचौरको भानु र अर्जमको रामचन्द्र माविका विद्यार्थीका लागि पनि हाउस वायरिङ तालिम सञ्चालन भइरहेको नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले बताए ।
    कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको हो । बिहानबेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ ।
    यस्तै, धवलागिरि र सरस्वती माविले हाउस किपिङ, बेनी सामुदायिक र प्रकाश माविले कपाल काट्ने, जामुनाखर्क मावि तथा पात्लेखेतको दीपक माविमा हाउस वायरिङ तालिम सञ्चालन गर्ने तयारी गरिएको ढकालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend