१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

यातायातमा समायोजन भएको भाडादर कार्यान्वयन थालियो


जनमञ्च संवाददाता
  • २ असार २०८० , शनिबार

  • यातायातमा समायोजन भएको भाडादर कार्यान्वयन थालियो

    बागलुङ, २ असार– सार्वजनिक यातायातमा समायोजन भएको भाडादर कार्यान्वयन थालिएको छ । गत मंगलबार सार्वजनिक यातायात भाडा दर निर्धारण समितिले जिल्लाभित्र चल्ने बस तथा जीपको भाडादर समायोजन गराएको थियो ।
    असार १ गतेदेखि कार्यान्वयन हुनेगरी समायोजन गरिएको भाडादर कार्यान्वयनका लागि जिल्ला प्रशासन, यातायात व्यवस्था र ट्राफिक प्रहरी कार्यालयले सक्रियता देखाएका छन् । शुक्रबार बिहान बागलुङ बजारदेखि गलकोट–बुर्तिबाङ चल्ने जीप तथा बसमा समायोजन भएको भाडादर टाँस गरी कार्यान्वयनका लागि निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताईन् ।
    ‘२०७६ सालदेखि बागलुङमा भाडादर समायोजन भएको थिएन्, हामीले सर्वसाधारण र यातायात व्यवसायीलाई मर्का नपर्नेगरी भाडादर समायोजन गरेका छौं’ प्रजिअ श्रेष्ठले भनिन् ‘कार्यान्वयन र अनुगमन गर्ने सबैको जिम्मेबारी हो ।’ उनले तोकिएभन्दा बढी भाडा लिनेलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिईन् ।
    सवारीसाधानमा भाडादर टाँसका लागि प्रजिअ श्रेष्ठ, यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा, प्रहरी प्रमुख योगेन्द्र कुमार खड्का, ट्राफिक प्रमुख मिनबहादुर खड्का, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठलगायत सहभागि थिए ।
    पछिल्लो समय कच्ची सडक पक्की बनेको र इन्धनको भाडा घटेकोले बागलुङको ग्रामीण तहमा जाने आउने भाडा घटाउनुपर्ने माग उठेको थियो । समायोजन भएको भाडादर असार १ गतेदेखि लागू भएको छ ।
    यातायात व्यवसायी, प्रहरी, यातायात व्यवस्था, ट्राफिक, पूर्वाधार विकास कार्यालय, यातायात मजदुर व्यवसायी संघ र अन्य सरोकारवालाको बैठकले भाडादर समायोजन गरेकाले कार्यान्वयनमा समस्या नहुने यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले बताए । ‘अधिकांस स्थानमा पुग्ने भाडादर थोरै भएपनि घटेको छ’ उनले भने, ‘सडकको अवस्था, इन्धनको मूल्य लगायतको अवस्था हेरेर बैज्ञानिक भाडादर कायम गरिएको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend