१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

घरपालुवा कुकुरबाट पनि रेबिज रोग सर्ने खतरा


जनमञ्च संवाददाता
  • २ असार २०८० , शनिबार

  • घरपालुवा कुकुरबाट पनि रेबिज रोग सर्ने खतरा

    बागलुङ, २ असार– सहरी क्षेत्रमा पाइने छाडा कुकुर तथा घरपालुवा कुकुरबाट रेबिज रोग सर्ने खतरा रहेको स्वास्थ्यकर्मी र पशुस्वास्थ्य प्राविधिकहरुले बताएका छन् ।
    अरु रोग लाग्दा उपचारबाट बच्न सकिने भएपनि रेबिज लागेमा मानिसमा कुनै उपचार नभएको उनीहरुको भनाइ थियो । त्यसैले रेबिज लागेका कुकुरबाट बच्ने र अन्य जनावरको टोकाइ, ¥याल लगायतबाट बच्नुपर्ने उनीहरुले सुझाव दिएका थिए ।
    बागलुङ नगरपालिकाको पशु विकास शाखाको आयोजनामा भएको रेबिज रोग नियन्त्रण सम्बन्धी जानकारी दिने कार्यक्रममा शाखाका प्रमुख मित्रलाल सापकोटाले रेबिज प्राणघातक रोग भएको बताए ।
    छाडा कुकुरमा रेबिजको संक्रमण बढी हुने र उनीहरुले टोक्दा वा ¥याल मानिसको शरीरमा पर्दा सिधै मानिसको स्नायु प्रणालीमा आक्रमण हुने गरेको उनले जानकारी गराए । रेबिज भएको कुकुरले टोकेको ९ देखि ९० दिन सम्ममा रेबिजको लक्षण देखिने गरेको हो । सिधै मस्तिस्कमा असर पर्ने अंगमा टोकेमा ९ दिनमा र अन्यत्र टोकेमा ९० दिन सम्ममा लक्षण देखिन्छ ।
    बागलुङ नगरपालिकाले छाडा तथा घरपालुवा कुकुर व्यवस्थापन कार्यविधि जारी गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । यो कार्यविधि अनुसार हरेक घरमा पालिएका कुकुर पनि अनिवार्य नगरपालिकामा दर्ता गर्नुपर्ने प्रावधान छ । साथै हरेक बर्ष ती कुकुरको नविकरण पनि गर्नुपर्ने छ । दर्ता र नविकरण गरेपछि नगरपालिकाले खोप र औषधिको व्यवस्थापन गर्नेछ ।
    कुकुर पाल्नेहरुले सडकमा लगेर दिशापिसाब गराउने काम रोक्नुपर्ने छ । कुकुरको दिशामा हुने किटाणुले मानिसको शरीरमा छिटो असर पर्ने र रोग निम्तने खतरा बढी हुने सापकोटाले बताए । त्यसका लागि उचित स्थानमा मात्र दिशापिसाब गराएर सुरक्षित बिर्सजन गराउन कार्यविधिले व्यवस्था गरेको छ ।
    जथाभावी दिशापिसाब गराउनेलाई पहिलो पटक ५ सय र दोश्रोपटक १ हजार गरी क्रमशः जरिवाना बढाउने व्यवस्था भएको हो । कुकुर मरिहालेमा बिर्सजनका लागि नगरपालिकाले सघाउने छ । नगरपालिकाले छाडा कुकुरलाई खोप लगाउने, पैदल यात्री, पाहुना लगायतमा परेको असर न्युनिकरणका लागि कुकुर होस्टेल समेत बनाउने योजना अगाडि सारेको सापकोटाले जानकारी दिए ।
    नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पनि जग्गा अभावले रोकिएको काम आगामी बर्ष संचालन गर्न सकिने बताए । ‘कानूनले छाडा कुकुर मार्न पाइदैन, तर पालेर खान र बस्ने व्यवस्था गरेर राख्ने लक्ष हो’ श्रेष्ठले भने, ‘कुकुर होस्टेल बनाएर राख्न कार्यविधि बनिसकेकोले काम पनि गर्छौ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend