बागलुङ, २ असार– दक्षिण बागलुङकै प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थान मन्दिरले सात बर्षपछि नेतृत्व पाएको छ । २०७३ सालदेखि स्थानीयको बिबादका कारण बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति गठन हुन सकेको थिएन् ।
लामो समयको छलफल र कसरतपछि बलेवा भैरवस्थान गुठी व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्र ढकाल चयन भएका छन् । गुठी संस्थानले ढकालको नेतृत्वमा ११ सदस्य रहेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा टेकबहादुर साही, सचिवमा भीमनाथ पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर खत्रीलाई जिम्मेबारी दिईएको छ । सदस्यहरुमा यामबहादुर केसी, दलबहादुर थापा, नारायण प्रसाद श्रेष्ठ, पार्वती अधिकारी पाठक, रत्नाकर शर्मा गौतम र मालपोत कार्यालयका प्रतिनिधि एक जना तथा बागलुङ नगरपालिका–१२ अमलाचौरका निर्वाचित वडा प्रतिनिधि एक जनालाई जिम्मेबारी दिईएको छ ।