१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

जननिगरानी साप्ताहिक ७ औं बर्षमा


जनमञ्च संवाददाता
  • ३ असार २०८० , आइतबार

  • जननिगरानी साप्ताहिक ७ औं बर्षमा

    बागलुङ, ३ असार– गुहेली संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिका सातौं बर्षमा प्रवेश गरेको छ ।
    बार्षिकोत्सवमा बोल्दै काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले राज्यबाट हुने गलत क्रियाकलापलाई संचारमाध्यमले खबरदारी गर्नुपर्ने बताए । समाजमा हुने हरेक प्रकारका गतिविधीलाई संचार क्षेत्रले निगरानी गर्नुपर्ने चर्चा गर्दै थापाले पत्रकारहरुले समृद्धिका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।
    ‘बढ्दो विदेश पलायन रोकी युवा जनशक्तिलाई व्यवस्थित नगरेसम्म सम्मृद्धिको सपना पुरा हुदैन’ थापाले भने । उनले काठेखोला गाउँपालिकाका हरेक गतिविधिलाई बाहिर ल्याउन जननिगरानीले महत्पुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।
    कार्यक्रममा वक्ताहरुले सहकारीलगायत समग्र आर्थिक क्षेत्रमा भएका बेतिथी र बिसंगतीलाई सही ठाउँमा ल्याउन पत्रकारले निगरानी बढाउनुपर्ने बताएका थिए । पछिल्लो समय सहकारीप्रति बिभिन्न टिकाटिप्पणी हुने गरेको चर्चा गर्दै सहभागीले सहकारीमा भएका सकारात्मक र नकारात्मक दुबै पक्षको संचारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा काठेखोला गाँउपालिका– २ का अध्यक्ष बिद्यापति शर्मा, वडा नं. ४ का अध्यक्ष लक्ष्मण पुन, सहकारी रज्रिष्टारको कार्यालयका अधिकृत चोला वाग्ले, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र सहसचिव सृजना पन्तले मन्तव्य व्यक्त गरेका थिए ।
    २०६४ सालमा काठेखोलाको भिमापोखरामा स्थापना भएको गुहेली संचार सहकारीले जननिगरानीसहित खबरवे अनलाइन संचालन गर्दै आएको छ । कार्यक्रम सहकारीका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता र सचिव सूर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend