१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

बागलुङमा पनि योग दिवस मनाईयो


जनमञ्च संवाददाता
  • ६ असार २०८० , बुधबार

  • बागलुङमा पनि योग दिवस मनाईयो

    बागलुङ, ६ असार– अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । हरेक वर्ष जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ ।
    योग दिवसको अवसरमा धौलागिरी आयुर्वेद औषधालयमा आयोजित कार्यक्रममा बक्ताहरुले पाश्चात्य संकृतिले पूर्विय दर्शको योगलाई प्रभावित गरेको बताए । योगको महत्वको बिषयमा राज्यले ध्यान दिनुपर्नेमा बक्ताहरुको जोड थियो । कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेले योगका बिषयमा सर्वसाधारणसम्म सचेतना पुग्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका योग प्रशिक्षक एकराज ढुंगानाले प्रशिक्षण दिएका थिए । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षता, अस्पताल व्यवस्थापन समितिका सदस्य ललिता थापाको स्वागत र औषधालयका निमित्त प्रमुख कमल बिक्रम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend