बागलुङ, १८ असार– घरायसी विवादमा ढुंगा प्रहार गरेर आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका ५० वर्षीय सतबहादुर विकको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय मनबहादुर कामीलाई पक्राउ गरेको हो । असार १४ गते कामीले आफ्नै दाजु विकको हत्या गरेको प्रहरीले जनाएको छ ।
असार १४ गते मृत अवस्थामा विकको शव भेटिएपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । ढुंगा प्रहारबाट हत्या भएको शंकामा प्रहरीले १५ गते मनबहादुर कामीलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।