१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

पानीका मुहान जोगाउन पोखरी संरक्षण अभियान


जनमञ्च संवाददाता
  • १९ असार २०८० , मंगलबार

  • पानीका मुहान जोगाउन पोखरी संरक्षण अभियान

    बागलुङ, १९ असार– जिल्लाका स्थानीय तहले पानीका मुहान संरक्षण गर्न बिभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षणका लागि पालिकाहरुले कार्यक्रम ल्याएका हुन् ।
    बागलुङ, जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणमार्फत मुहान जोगाउने कार्यक्रम तयार भएका हुन् । स्थानीय तहले बृक्षारोपण, पोखरी निर्माण, बरपीपल संरक्षण, कुवा तथा पौराणीक पँधेरो संरक्षण लगायतका कार्यक्रममार्फत पानीका मुहान जोगाउने अभियान बनाएका छन् ।
    बागलुङ नगरपालिकाले पानीको मूल संरक्षण गर्न ‘एक वडा एक पोखरी’ निर्माण गर्ने नीति बनाएको छ । ‘नगरक्षेत्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरी लगायत प्राकृतिक जलाशयको संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याई पानीको श्रोतको संरक्षण गर्न उजाड एवं सुख्खा स्थानमा एक वडा एक पोखरी कार्यक्रम संचालन गरिने छ’ बागलुङ नगरका प्रमुख बसन्त कुमार श्रेष्ठले भने ।
    जैमिनीले नगरभित्र रहेका वरपिपल, स्वामी लगायतका वृक्ष र परम्परागत चौतारी, पोखरीको संरक्षण र सम्बर्धन गर्ने, बृक्षारोपण गर्ने कार्यक्रम ल्याएको छ । ‘प्राकृतिक सम्पदाले पानीको मुहान संरक्षणमा ठुलो भुमीका खेलेका हुन्छन्’ जैमिनीका उपप्रमुख हरिहर शर्माले भने ‘सचेतना र कार्यक्रममार्फत सम्पदाको संरक्षण गर्ने छौं ।’
    काठेखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पुर्वाधार निर्माण गरी जलचरहरुको संरक्षण गर्ने नीति बनाएको उपाध्यक्ष तेजबहादुर थापाले बताए ।
    यस्तै, बरेङले जोखिममा रहेका सिमसार, पोखरी र मुहान संरक्षणका लागि स्थानीय युवा, महिला र सामाजिक संस्था परिचालन गर्ने नीति ल्याएको छ । सर्वसाधारणको सहभागितामै सिमसार, पोखरी र मुहानको संरक्षण गर्दा दिगो र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend