१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

दुर्घटनामा अभिभावक गुमाएकी सृष्टीको परिवारलाई एभरेष्टको सहयोग


जनमञ्च संवाददाता
  • १९ असार २०८० , मंगलबार

  • दुर्घटनामा अभिभावक गुमाएकी सृष्टीको परिवारलाई एभरेष्टको सहयोग

    बागलुङ, १९ असार– न्यू एभरेष्ट एकेडेमी बागलुङले आफ्नो विद्यालयमा अध्ययनरत छात्रा सृष्टि पुनको परिवारलाई आर्थिक सहयोग गरेको छ । सडक दुर्घटनामा अभिभावक गुमाएकी पुनको परिवारलाई विद्यालयले सहयोग गरेको हो ।
    पुनका बुबा रामचन्द्र पुनको गत असार ५ गते मध्यपहाडी लोकमार्गको बिहुँखण्डमा आँफैले चलाएको पीकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएको थियो । विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कल न्यू एभरेष्ट एकेडेमीको प्रमुख सहजीकरणमा सहयोग अभियान सञ्चालन गरेर परिवारलाई सहयोग गरिएको हो ।
    जुरेशले अभियान सञ्चालन गरेर विद्यार्थीहरुले एक दिनको खाजा कटाएर सहयोग रकम जुटाएको जुरेस अध्यक्ष मेग्ना नेपालीले बताईन् । विद्यार्थीको अभियानमा शिक्षक अभिभावकले सहयोग गरेका थिए ।
    पुन परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनले सहयोग संकलन गरेको हो । संकलित रकम प्रधानाध्यापक कृष्ण अधिकारीको रोहबरमा परिवारलाई बुझाईएको हो ।
    अभियानमा विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयको तर्फबाट संकलित १६ हजार ९ सय १५ रुपैयाँ नगदसहित विद्यालयले आजका दिनसम्मको सृष्टी पुनको तिर्न बाँकी सम्पुर्ण शुल्क मिनाहा गरेको जनाएको छ । आगामी दिनमा समेत ५० प्रतिशत शुल्क छुट गरिने प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।
    दुर्घटनामा मृत्यु भएका ३१ वर्षिय पुनका दुई छोरी, श्रीमती, बाबाआमा रहेका छन् । मृतकको पुरानो घर दमौलीमा रहेको छ । करिब २२ वर्षदेखि पुन परिवार मालढुंगामा बस्दै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend