१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

३५ शिक्षकलाई वडाले दियो निशुल्क ल्यापटप


जनमञ्च संवाददाता
  • २४ असार २०८० , आइतबार

  • ३५ शिक्षकलाई वडाले दियो निशुल्क ल्यापटप

    बागलुङ, २४ असार– काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराले नौ विद्यालयका ३५ जना शिक्षकलाई निःशुल्क ल्यापटप उपलव्ध गराएको छ ।
    सामुदायीक विद्यालयको शैक्षिक सुधार योजनाअन्तर्गत वडा कार्यालयले पहिलो चरणमा ३५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएको हो । शिक्षक प्रबिधिमैत्री भएमात्रै शिक्षा प्रबिधिमैत्री हुने भएकाले शिक्षकलाई सबल बनाउन ल्यापटप उपलव्ध गराईएको हो ।
    चालु आर्थिक बर्षमा वडाले गौरवको योजनाको रुपमा शिक्षकहरुलाई ल्यापटप उपलव्ध गराउने कार्यक्रम बनाएको थियो । २० लाख रुपैयाँ खर्चेर ल्यापटप खरिद गरी उपलव्ध गराईएको वडाध्यक्ष विद्यापती शर्माले बताए ।
    वडामा ४८ जना शिक्षकको दरवन्दी रहेकोमा पहिलो चरणमा ३५ र दोस्रो चरणमा बाँकी १३ जना शिक्षकले ल्यापटप पाउने छन् । ‘सामुदायीक विद्यालयको शैक्षिक सुधारका लागि सवल शिक्षक बनाउने अभियान थालेका हौं’ वडाध्यक्ष शर्माले भने ।
    शिक्षाको सुधार हुँदा समाजका अन्य पाटोमा विस्तारै सुधार आउने भएकाले गाउँपालिकाले बनाएको एक वडा एक गौरवको आयोजनाअन्तर्गत भीमापोखरामा शिक्षा सुधार योजना ल्याईएको वडाध्यक्ष शर्माको भनाई थियो ।
    शिक्षकलाई ल्यापटप वितरण गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले ल्यापटपले मात्रै शैक्षिक सुधार नहुने भन्दै शिक्षकलाई राज्यले गरेको लगानीको आधारमा जिम्मेबार बन्न सुझाव दिए । ‘सामुदायीक विद्यालयमा रहेका क्षमतावान शिक्षकले आफ्नो क्षमता प्रयोगमा ल्याउँदा मात्रै शिक्षा क्षेत्रका आधा समस्या समाधान हुन्छन्’ थापाले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend