८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘अन्तध्र्वनी’ को विमोचन


जनमञ्च संवाददाता
  • २४ असार २०८० , आइतबार

  • ‘अन्तध्र्वनी’ को विमोचन

    बागलुङ, २४ असार– साहित्यकार बिष्णुनाथ गौतमको कवितासङ्ग्रह ‘अन्तध्र्वनी’को विमोचन भएको छ । रमादेवी गौतमले प्रकाशन गरेको उक्त पुस्तकको विद्यामन्दिर पुस्तकालय, साहित्य उपसमितिले बिमोचन गराएको हो ।
    विद्यामन्दिर पुस्तकालय बागलुङमा आयोजित बिमोचन कार्यक्रममा प्राज्ञ प्रेम छोटाले पुस्तक बिमोचन गरे । बागलुङकै साहित्यकार रामप्रसाद सुवेदीले पुस्तकमाथि समीक्षा गरेका थिए ।
    लेखकले सहज हिसाबले बुझ्ने गरी प्रकृति, रुख बिरुवा र स्थानहरुको चर्चा गर्दै बिभिन्न विषयलाई कविताको माध्यामबाट पुस्तकमा समेटेका छन् । सामुदायीक वन, पशुपन्छीबाट फाइदा, जमिनको संरक्षण कसरी गर्ने ? पिपलका गुण, कृषक, तरकारी, शरद ऋतु वर्णन, पवित्र संस्था रेडक्रस, राष्ट्रसेवक, भानुभक्तको जीवनी, बनको इतिहास, सहकारीको औचित्य लगायतका बिषय पुस्तकमा समावेश गरेको गौतमले बताए ।
    ‘उहाँले वातावरणलाई सजिलो हिसाबले बुझाउने गरी पुस्तकमा कविताहरु समावेश गर्नुभएको छ’ पुस्तकबारे समिक्षा गर्दै सुवेदीले भने ‘आफु जन्मेको माटो र आफ्नो कर्मलाई समेत पुस्तकमा उतार्ने प्रयास भएको छ ।’ लामो समय निजामती सेवा गरेका गौतमले बन र वनस्पतीको परिचय सहजै दिनसक्ने उनले बताए ।
    कार्यक्रममा प्राज्ञ प्रेम छोटाले पाश्चात्य संस्कार मौलाईरहेका बेला नेपाली साहित्यमा नयाँ खुराक आएको बताए । साहित्य समाजको चित्र भएको भन्दै उनले समाजलाई सहि दिशा दिन कविताका मध्यामबाट गौतमले प्रयास गरेको चर्चा गरे ।
    बरिष्ठ अधिबक्ता काजिगाउँले श्रेष्ठले गौतमको कविता सङग्रह पठनीय रहेको चर्चा गरे । कार्यक्रम विद्यामन्दिर पुस्तकालय साहित्य उपसमितिका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष रामजी प्रसाद शर्माको स्वागत र कोषाध्यक्ष कोपीला कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend