१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु, एक बेपत्ता


जनमञ्च संवाददाता
  • २६ असार २०८० , मंगलबार

  • मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु, एक बेपत्ता

    काठमाडौं, २६ असार– सोलुखुम्बुमा भएको मनाङ एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।
    सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीका अनुसार दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जनाको शव भेटिएको छ ।
    मृत्यु हुनेमा चार जना म्याक्सिकोका नागरिक रहेका छन् । सो हेलिकोप्टरमा म्याक्सिकोका नागरिक सवार थिए ।
    ‘दुर्घटनास्थलमा पाँच जनाको शव देखापरेको प्रहरीबाट जानकारी प्राप्त भएको छ । यात्रुहरुको उद्धारका लागि परिचालन गरिएका दुई हेलिकोप्टर त्यहाँको मौसम खराबीका कारण दुर्घटनास्थलमा अवतरण गर्न कठिनाइ भएकाले नजिकैको उपयुक्त स्थानमा अवतरण गरी उद्धार गर्ने प्रयास भइरहेको छ’ उद्धार समन्वय समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    उद्धार कार्यका लागि स्थानीयवासीसहित सुरक्षा निकायका जनशक्ति समेत परिचालन गरिएको छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी कलसाईन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend