१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

भकारो सुधारका लागि ८ लाख अनुदान


जनमञ्च संवाददाता
  • २७ असार २०८० , बुधबार

  • भकारो सुधारका लागि ८ लाख अनुदान

    बागलुङ, २६ असार– भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङले भकारो सुधारका लागि गलकोट कृषि सहकारी संस्थामार्फत ८ लाख अनुदान उपलव्ध गराएको छ ।
    केन्द्रले ३० जना किसानका लागि २५ हजारका दरले ७ लाख ५० हजार रुपैयाँ भकारो सुधारका लागि खर्चिएको हो । बाँकी रहेको ५० हजार दुध बोक्ने भाँडा खरिद गरिएको गलकोट नगरपालिका–९ रिश्मीका पुरुषोत्तम सापकोटाले बताए ।
    ‘यो हामी आँफैले गर्नुपर्ने काम थियो, सरकारले सानो भएपनि सहयोग गरेर बाटो देखाईदियो’ सापकोटाले भने ‘अनुदानको मात्रै भर परेनौं, किसान आँफैले पनि लगानी थपेर गोठ पक्कि गरेका हौं ।’ यो गाउँमा ४८ जना किसानको बसोबास छ । सहकारी आबद्ध किसानले दोस्रो चरणमा भकारो सुधार गर्दैछन् ।
    भकारो सुधार भएसँगै किसानले पालेका वस्तुभाउमा रोगको संक्रमण कम हुने भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । हिलोभन्दा ओभानो भकारोमा बसेको बस्तुले उत्पादन पनि राम्रो दिने उनले बताए ।
    ‘मलमुत्रको उपयोगमा भकारो सुधारले थप सहयोग गर्छ, पशुजन्य र कृषि उत्पादनका लागि समेत यहाँको भकारो सुधार योजना सहयोगी बनेको छ’ सापकोटाले भने ‘स्थानीय जातको भैसी संरक्षण कार्यक्रमअन्तर्गत हामीले रिश्मीका किसानलाई सहयोग गरेका हौं ।’
    भकारो सुधारले स्वस्थ दुध उत्पादनमा सहयोग गर्ने उनले बताए । गत बर्ष यो गाउँबाट मात्रै ४७ लाख रुपैयाँको दुध बिक्री भएको थियो । यो बर्ष दुध उत्पादन बढ्ने र किसानले गत बर्षभन्दा मुल्य पनि बढी पाउने आशा गरेका छन् ।
    हिउँद र बर्खा दुवै याममा घाँस पर्याप्त रहेकाले किसानालई पशुजन्य उत्पादन लिन सहज रहेको स्थानीय नारायण सापकोटाले बताए । हरेक गोठमा एक÷दुई वटा भैसी छन् । हरेक परिवारले धेरै थोरै दुध बिक्री गर्दै आएका छन् ।
    ‘यहाँ अधिकांश स्थानीय जातका भैसी पालेको देखियो, स्थानीय जातका भैसीको दुधको ब्राण्डिङ गरेर अन्य भैसी र गाईको भन्दा मुल्य धेरै पार्नुपर्छ’ डा. सापकोटाले भने ‘किसानका लागि सहयोग गर्न हामी तयार छौं ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend