बागलुङ, २८ असार– बिगो लेनदेन मुद्दामा २ बर्ष जेल सजाय तोकिएपछि भागेका गलकोट नगरपालिका वडा नं. १ का ३४ बर्षिय अशोक कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते जिल्ला अदालत बागलुङले पक्राउ गरी दाखिला गर्नु भन्ने पत्रादेश दिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।
थापालाई २ बर्ष जेल सजाए तोकिएको थियो । आदेशको १६ दिनपछि थापालाई प्रहरीले रुपन्देहीको सिद्धार्थनगरबाट पक्राउ गरेको हो । लुकिछिपी बसेको अवस्थामा प्रहरीको खोजी टोलीले भेटाएपछि पक्राउ गरेर जिल्ला प्रहरीमा ल्याएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए । पक्राउ परेका थापा २ बर्ष जेल बस्नेछन् ।