१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

लम्पी स्कीनबाट पर्वतमा ७० पशुको मृत्यु, ३ हजार ४ सय ८८ संक्रमित


जनमञ्च संवाददाता
  • ३१ असार २०८० , आइतबार

  • लम्पी स्कीनबाट पर्वतमा ७० पशुको मृत्यु, ३ हजार ४ सय ८८ संक्रमित

    पर्वत, ३१ असार– लम्पी स्किन रोगबाट पर्वत जिल्लामा हालसम्म ७० गाई गोरुको मृत्यु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका अनुसार लम्पी स्किन रोगबाट पर्वत जिल्लाका विभिन्न वडाहरुमा हालसम्म ७० वटा पशुहरुको मृत्यु भएको हो ।
    लम्पी स्कीन रोगबाट ३ हजार ४ सय ८८ पशुहरु संक्रमीत भएको विज्ञ केन्द्रका प्रमुख रामजी प्रसाद पौडेलले जानकारी दिए । रोग नियन्त्रणका लागि पैयू र विहादी गाउँपालिकाले सवै जसो पशुहरुमा यसअघि खोप लगाईसकेका थिए ।
    कुश्मा नगरपालिका र महाशिला गाउँपालिकाले भने बजेटको ब्यवस्थापन नगर्दा खोप लगाउने पशुहरुको संख्या छुटेको थियो । खोप नलगाएका कारण कुश्मा र महाशिलाका पशु चौपायहरु सवैभन्दा धेरै प्रभावित भएका छन् ।
    जलजला, मोदी र फलेवासले खोप कार्यक्रम अघि बढाएका कारण त्यहाँका पशु चौपाय संक्रमित भएपनि संख्या केहि कम देखिएको विज्ञ केन्द्रले जनाएको छ । पछिल्लो समयमा कुश्मा र महाशिला बाहेकका वडाहरुमा कृषकले पालिरहेका पशुहरुमा देखिएको संक्रमण दर घट्दै गएपनि कुश्मा नगरपालिकामा संक्रमण दर नघटेको बताइएको ।
    असारको बेलामा धान रोप्ने बेलामा गोरुहरु बिरामी पर्दा कृषकहरुलाई धान रोप्न असहज भएको छ । कतिपय स्थानमा खोप लगाएका पशुहरुले केहि दिन बारीमा खनजोत गर्न नसक्ने भएका कारण पनि रोपाई प्रभावित बनेको हो । सरकारले समयमा खोप उपलब्ध नगराउँदा कयौ पशुपालक कृषकहरु मर्कामा परेको जनाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend