१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

लम्पी स्किनको औषधि र खोप वडा तहमा पठाइयो


जनमञ्च संवाददाता
  • २ साउन २०८० , मंगलबार

  • लम्पी स्किनको औषधि र खोप वडा तहमा पठाइयो

    बागलुङ, २ साउन– लम्पी स्किन नामक संक्रमक रोगबाट बचाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङले सबै पालिकामा खोप पठाएको छ ।
    केन्द्रको तथ्यांक अनुसार २ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिक मार्फत खोप र औषधि पठाइएको केन्द्रका प्रमुख तथा बरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए ।
    केन्द्रले बागलुङ नगरपालिकाका लागि ५ सय पशुका लागि खोप पठाएको छ । केन्द्र प्रमुख सापकोटाले पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गरे ।
    उक्त अवसरमा बोल्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्युनिकरणमा लाग्न सबैलाई आग्रह गरे । उनले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रसंसा पनि गरेका थिए ।
    लम्पि स्किन रोगबाट बागलुङका १ सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन रोग लागेका गाइगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्री भन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो ।
    एकदुइवटा गाईगोरु पालेका किसानभन्दा व्यवसायिक गाई फर्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन् । बिरामी पर्ने र मृत्यु हुने पनि अधिकांस उन्नतजातको गाई रहेको सापकोटाले बताए । बैसाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको थियो ।
    पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौं क्षति व्यहोरेका छन् । अहिले पनि ढोरपाटन नगरपालिकाका १ हजार २ सय गाईगोरु बिरामी छन् । निसीखोलाका ५ सय १३, गलकोट नगरपालिकाका १ सय ४२, बडिगाड गाउँपालिकाका १ सय ८१ र तमानखोलाका १ सय ८९ गाई बिरामी परेका हुन् । सदरमुकाम बागलुङ नगरपालिकामा पनि २ सय २१ गाई बिरामी छ् ।
    भेटेनरी अस्पतालले ४ हजार ५ सय डोज खोप पालिका तहमा पठाएको हो । सबैभन्दा धेरै संक्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend