१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

भैरवस्थान मन्दिर परिसरमा लायन्स क्लबहरुको वृक्षारोपण


जनमञ्च संवाददाता
  • १४ साउन २०८० , आइतबार

  • भैरवस्थान मन्दिर परिसरमा लायन्स क्लबहरुको वृक्षारोपण

    प्रतिकात्मक तस्बिर
    बागलुङ, १४ साउन– लायन्स क्लबहरुको अगुवाइमा बलेवास्थित प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । क्लबहरुले बलेवा भैरवस्थान मन्दिर व्यवस्थापन समितिलाई सरसफाइका सामाग्रीसमेत सहयोग गरेका छन् ।
    लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ पिस टाउन र लायन्स क्लब अफ बागलुङ गाजा हिलको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको लायन्स क्लब अफ पिस टाउनका सचिव यशोधा शर्माले जानकारी दिइन् ।
    मन्दिर परिसरमा धार्मिक महत्व बोकेका बरपिपल, धुपी, धुपीसल्ला, रुद्राक्ष, स्वामी, बेल, अशोक र रिठ सहित औषधिजन्य हर्रोबर्रो र अम्बा तथा अमला, टिमुर, लालुपाते, बंगलामुखी, गुलाब लगायतका फूलका बिरुवा पनि रोपिएको थियो ।
    वृक्षारोपणको अवसरमा लायन्स क्लब अफ बागलुङ पिस टाउनकी द्वितिय उपाध्यक्ष एलिजा गौतमले ५ वटा कुर्सी, सचिव यशोधा शर्माले ३ वटा कुर्सी र बा.न.पा. १४ का रामबहादुर केसीले १० थान कुर्सी सहयोग गरेका थिए भने लायन्स क्लब अफ बागलुङ कालिकाका सदस्य अशोक सुनारले मन्दिर व्यवस्थापन समितिलाई कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन सहयोग गर्ने घोषणा गरेका थिए ।
    कार्यक्रममा बा.न.पा. १३ का अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १२ का अध्यक्ष कोपिलामणी शर्मा, डिस्ट्रक लिगल काउन्सिलर चन्द्रराज रेग्मी, जोन चियरपर्सन बद्री ढुंगाना, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल र कोषाध्यक्ष चन्द्रबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend