१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

अव्यवस्थित संरचना भत्काउनेलाई सम्मान


जनमञ्च संवाददाता
  • ३ भाद्र २०८० , आइतबार

  • अव्यवस्थित संरचना भत्काउनेलाई सम्मान

    बागलुङ, ३ भदौ– मापदण्ड मिचिएका सडक पेटी भत्काउन बागलुङ नगरपालिकाले गरेको आग्रह समयमा मान्ने घरधनीलाई सम्मान गरिएको छ ।
    भदौ १ गतेसम्म मापदण्ड बिपरितका संरचना भत्काउन नगरपालिकाले चिन्ह लगाइदिएको थियो । नगरपालिकाको अभियानलाइ सहयोग गर्नेलाई नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का घरघरमा पुगेर धन्यवाद दिने र सम्मान गर्ने गरेका हुन् ।
    अटेर गरेकाहरुलाइ भने सम्झाइ बुझाइ भत्काउन लगाउने र नमानेमा नगरपालिकाले डोजर चलाउने बताइएको छ । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरेर आम नगरबासीलाई अभियानमा साथ दिएकोमा धन्यवाद समेत दिएको छ । यो क्रममा साथ दिने बागलुङ उद्योग बाणिज्य संघ, बस्तुगत संघ र नागरिकलाई प्रेस बिज्ञप्ती मार्फत धन्यवाद दिइएको हो ।
    सडक मिचेर बनेका संरचना हटाउन नगरपालिकाले गतबर्ष मंसिर देखि ९० दिने, १५ दिने र ७ दिने सूचना जारी गरेको थियो । अटेर गरेमा नगरपालिकाले डोजर चलाउने चेतावनी दिएपछि आफ्नो घर अगाडिको संरचना १ सयबढीले आँफै भत्काएका हुन् । सूचना पाएका २ सय २० मध्ये केहीले भने मजदुर नपाएको, सामाग्री र उपकरण नपाएकोले ढीला भएको बताएकोले नगरपालिकाले साथ दिने श्रेष्ठले बताए । मजदुर खोजेर धेरैले आँफै भत्काएका हुन् ।
    ‘डोजर लगाइयो भने घरै हल्लिन्छ, त्यसैले आँफैले अगाडिको संरचना भत्कायौं’ बागलुङ नगरपालिका वडा नंं २ की कमला जिसीले भनिन्, ‘घर नगरले तोकेकै मापदण्डमा बनायौं, ¥याम भत्काउन भनिएको थियो ।’ नगरपालिकाले डोजर लगाउनै परेपनि लागेको खर्च सम्बन्धीत व्यक्तिबाट भराउने निर्णय गरेको छ ।
    एक सातादेखि सडक पेटीका संरचना आँफैले भत्काउने लहर चलेको हो । १५ दिन अघि नगरपालिकाले आफ्नो कार्यालयको पर्खाल भत्काएर अभियानको शुरु गरेको थियो । यो अभियानपछि केही भित्रि सडकमा डोजर लगाएर भत्काइएको थियो । केही बिबाद आएपनि अधिकांस बजारबासीले साथ दिएपछि नगर सफाइको अभियान सफल भैरहेको श्रेष्ठले बताए । ‘टहरापनि जनताले आँफै भत्काए भने डोजर लगाउन पर्दैन’ श्रेष्ठले भने, ‘केही खण्डमा भने सडक बिभागको समन्वय चाहिएको छ ।’ पोखरा बागलुङ सडकको जिरो रहेको ट्राफिक चोक देखि मालढुंगा सम्मको खण्डमा भने सडकको अनुमतिले मात्रै घरटहरा भत्काउने श्रेष्ठले बताए ।
    बजारमा रहेका अव्यवस्थित ग्याँस डिपो र पेट्रोल पम्पको व्यवस्थापनमा सम्बन्धन पाएका निकायको समेत अनुमति र समन्वय चाहिने भएकोले सोही अनुसार प्रक्रिया अगाडि बढेको श्रेष्ठले जानकारी गराएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend