१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

आफ्नै बिद्यालयमा सिम्रन परियार सम्मानित


जनमञ्च संवाददाता
  • ४ भाद्र २०८० , सोमबार

  • आफ्नै बिद्यालयमा सिम्रन परियार सम्मानित

    बागलुङ, ४ भदौ– उत्कृष्ठ स्वरमार्फत गीत गाएर चर्चित बनेकी बिद्यार्थी सिम्रन परियारलाई बागलुङको बिद्यामन्दिर माबिले आइतबार सम्मान गरेको छ ।
    बिद्यालयले आयोजना गरेको छात्रवृत्ति बितरण तथा सम्मान कार्यक्रममा परियारलाई दोसल्ला ओडाएर सम्मान गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख युक्तप्रसाद शर्मा, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, बागलुङ नगरपालिका वडा नं. ३ का अध्यक्ष सनि केसी र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले परियारलाई सम्मान गरेका हुन् ।
    परियार बिद्यामन्दिर माबिको बिज्ञान संकायमा कक्षा १२ मा अध्ययन गर्दैछिन् । उनको प्रतिभा देखेपछि सहयोगी संस्थाले गीत रेकर्डको लागि साथ दिएका थिए । प्रमोद खरेललगायत चर्चित गायकको स्वरमा उनले गीत गाउँदा ट्रेन्डिङमा पर्न सफल भएको थियो । बानपा–६ को तिनतले घर भएकी सिम्रन परियारले संगीतको कक्षाबिनै गीत गाउन सकेपछि उनको प्रतिभाबाट सबै अचम्मित समेत भएका थिए । उनलाई बागलुङका बिभिन्न संघसंस्थाले पनि सम्मान गरिसकेका छन् ।
    सम्मान पाएकी सिम्रनले आफ्नो सफलताका लागि सबैको साथ मिलेको बताइन् । उनले आइतबार आयोजित सम्मान कार्यक्रममा केही गीतसमेत गाएर सुनाइन् ।
    उक्त अबसरमा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सिम्रनको गीत संगीतको मोह र उनको क्षमतालाई बिद्यालयले पनि साथ दिनुपर्ने बताइन् । पढाइको अतिरिक्त उनको क्षमतालाई उजागर गर्ने वातावरण बनाउन सकेमा भविष्यको उत्कृष्ठ कलाकार बन्न सक्ने बताएकी थिइन् ।
    कार्यक्रममा सुजन बैद्य स्मृति कोषबाट ९ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा ११ मा अध्ययन गर्ने बिद्यार्थीका लागि भर्ना शुल्क स्वरुप कोषले दिएको ४४ हजारबाट छात्रवृत्ति प्रदान गरिएको हो । उक्त छात्रवृत्ति प्रदान गर्दै प्रजिअ श्रेष्ठले सिकाइले जीवन परिस्कृत बन्ने भन्दै उज्यालो बाटोमा हिंड्न सिकाउने अभिभावक र कोषका पदाधिकारीबाट बिद्यार्थीको जीवन पूर्णता बन्ने बताइन् । उनले शिक्षाबाटै बालबालिकाले आचरण पनि सिक्नुपर्ने धारणा राखेकी थिइन् ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारी, अक्षयकोषका संरक्षक भूषण बैद्य लगायतले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend