१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

विश्वहिन्दु महासंघ नगर अध्यक्षमा लिला खड्का


जनमञ्च संवाददाता
  • ४ भाद्र २०८० , सोमबार

  • विश्वहिन्दु महासंघ नगर अध्यक्षमा लिला खड्का

    बागलुङ, ४ भदौ– विश्वहिन्दु महासंघ बागलुङको नगर समिति गठन भएको छ । आइतवार भएको पूर्विय दर्शन तथा हाम्रो कर्तव्य बिषयक प्रशिक्षण कार्यक्रम पछि नगर समिति गठन भएको हो । समितिको अध्यक्षमा लीलादेवी खड्का सर्वसम्मत चयन भएकी छिन् । उनको अध्यक्षतामा ५१ सदस्य नगर समिति गठन भएको हो ।
    आइतबार आयोजित कार्यक्रममा प्रशिक्षण कार्यक्रम पछि समिति गठन भएको हो । प्रशिक्षण कार्यक्रममा पृथ्वीनारायण शर्माले आँफूलाई बुझ्ने मानिस धार्मिक बन्ने भन्दै हिन्दु धर्मले आफैलाई चिन्न सक्नुपर्ने बताएको धारणा राखेका थिए । ‘म किन जन्मे, जन्मेर मैले के गर्ने र मरेपछि के हुने हो भन्ने जान्दा जीवन र धर्म बुझीन्छ’ र्माले भने, ‘अध्यात्म नचिन्दा मानिसले दुःख पाउँछ ।’ हिन्दु धर्मले अहिलेको बिज्ञानलाई समेत सहयोग गरेको उनले बताए । उनले अहिले बैज्ञानिक रुपमा प्रमाणित भएका धेरै प्रमाणहरु हिन्दु धर्मका ग्रन्थले यस अघिनै लेखेको बताए ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संसारका सबै धर्मलाई धार्मिक सहिष्णुताले जोगाएको बताए । विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको अध्यक्षता, हरिप्रसाद गौतमको संचालन र बरिष्ठ उपाध्यक्ष रमेश राजभण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
    प्रशिक्षण कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दीका महासंघका पदाधिकारी र सदस्य सहभागि थिए । उक्त अबसरमा जैमिनी नगरपालिकाका पूर्व प्रमुख इन्द्रराज पौडेल, सल्लाहकार जगन्नाथ आचार्य, हरिप्रसाद गौतम, नरबहादुर किसान र लीलादेवी खड्कालगायतले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend