बागलुङ, २१ भदौ– रणस्मृति पुरस्कार संस्थाको ३१ औं वार्षिकोत्सव तथा शक्ती पुरस्कार सर्पपण कार्यक्रम सम्पन्न भएको छ । बुधबार संस्थाले आयोजना गरेको वार्षिकोत्सव समारोहमा तनहुँका सािहत्यकार आकास अधिकारीलाई सम्मान गरियो । उनी नाटक लेखनको क्षेत्रमा तीन दशकदेखि क्रियाशिल छन् ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संस्थाको शक्ती पुरस्कार तथा सम्मान कार्यक्रमको उद्घाटन गरेका थिए । अधिकारीलाई सम्मान गर्दै श्रेष्ठले हाम्रो समाज इन्जिनियर र डाक्टरलाई मात्रै ठूलो मान्ने संस्कारमा हुर्केकोले त्यो भावना परिवर्तन गर्नुपर्ने बताए । उनले रणस्मृति पुरस्कारका लागि तनहुँका साहित्यकार छनौट हुनु भनेको पनि उत्कृष्ठता भएको बताए ।
‘सबै डाक्टर हुने हो भने को कन्डक्टर हुने ?’ उनले भने, ‘हरेक पेशालाई सम्मानगर्न सकेमा सबै क्षेत्रमा सबै नागरिकको सक्रियता बढ्छ ।’ साहित्यको कार्यक्रम भनेपछि युवा नआएझै कमाइ नहुने क्षेत्रमा लाग्न पनि धेरैले नखोजेको उनको भनाइ थियो ।
कार्यक्रममा सम्मानित अधिकारीले पछिल्लो समय जनजीविकामा साहित्य लेखन कम भएको बताए । उनले पसिना, राष्ट्रियता, आम मानिसको जीवन शैलीमा कविता नलेखिएकोले साहित्य मर्दै गएको बताए ।
कार्यक्रममा रुद्रे पिपल माबि र बालमन्दिरका एक छात्र, एक छात्रा गरी ४ जना उत्कृष्ठ बिद्यार्थीलाइ पनि पुरस्कृत गरिएको थियो । संस्थाका संस्थापकको परिवारको तर्फबाट बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, संस्थाका सदस्य सचिव भोजबहादुर खड्काको संचालन र सदस्य कृपा पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा पुरस्कृत बिद्यार्थी सिम्रन जिसी, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
अधिवेसनले नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको अध्यक्षतामा नगरको महिला तथा बालबालिका शाखाको प्रमुख सदस्य सचिव र दुवै बिद्यालयका प्रअ सदस्य रहने गरी नयाँ समिति गठन गरिएको छ ।