१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

जेसीजको सप्ताहको पाँचौ दिन हाइकिङ तथा भाषणकला तालिम


जनमञ्च संवाददाता
  • २८ भाद्र २०८० , बिहिबार

  • जेसीजको सप्ताहको पाँचौ दिन हाइकिङ तथा भाषणकला तालिम

    बागलुङ, २८ भदौ– जेसीज बागलुङले संचालन गरेको जेसीज सप्ताह २०२३ को पाँचौ दिन बुधबार भिरलाङ्खुरी हाइकिङ तथा महिलाहरुका लागि प्रभावकारी भाषण कला कार्यक्रम सम्पन्न भएको छ ।
    पछिल्लो समय बानपा–६ मा रहेको भिरलाङखुरी पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको र यसको प्रचार प्रसारमा थप सहयोग पु¥याउने उद्देश्यले हाइकिङ गरिएको बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष एवँ जेसीज सप्ताहका मूल संयोजक गणेश महतोले जानकारी दिए ।
    सो अवसरमा वडा कार्यालयको सहयोगमा स्थानीय महिलाहरुको क्षमता विकासका लागि प्रभावकारी भाषण कला पनि संचालन गरिएको थियो । स्थानीय ६० जना महिलाको सहभागीता रहेको तालिमको सहजीकरण महतोले नै गरेका थिए ।
    कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्रबहादुर केसीले पर्यटकीय स्थलको रुपमा विकास हुदै गएको भिरलाङ्खुरीको थप विकास र प्रचार प्रसारका लागि वडा कार्यालयले योजना बनाएर अगाडि बढेको बताए ।
    कार्यक्रम बागलुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, सप्ताहका मूल संयोजक एवँ कार्यकारीणी उपाध्यक्ष गणेश महतोको स्वागत र कार्यक्रम संयोजक प्रतिभा केसीको संचालनमा संचालनमा सम्पन्न भएको थियो । सप्ताहको छैठौै दिन बिहिबार फुटसल प्रतियोगिताको आयोजना गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend