१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

चिप्लेटी बसपार्कमा दोस्रो तीज मेला


जनमञ्च संवाददाता
  • १ असोज २०८० , सोमबार

  • चिप्लेटी बसपार्कमा दोस्रो तीज मेला

    बागलुङ, १ असोज– गुठी युवा क्लवको आयोजनामा दोस्रो तीज मेला शुरु भएको छ । बिभिन्न प्रतियोगितात्म कार्यक्रम र कलकारहरुको प्रस्तुती सहित बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालयको सह आयोजनामा चिप्लेटी बसपार्क परिसरमा मेला शुरु भएको हो ।
    दुई दिनसम्म संचालन हुने मेलाको गण्डकी प्रदेशका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य चम्पादेवि खड्काले उद्घाटन गर्दै हरेक पर्वलाई संस्कृति संरक्षणको रुपमा मनाउन आवश्यक रहेको बताइन् । चाडपर्व मनाउने नाममा भएका बिकृति बिसंगतिको अन्त्यका लागि पर्वको अवसरमा आयोजना हुने कार्यक्रमले सकारात्मक सन्देश दिनुपर्नेमा उनको जोड थियो ।
    कार्यक्रममा बानपा ३ का वडा अध्यक्ष लक्ष्मण केसी सनी, वडा नम्वर २ का अध्यक्ष सुरज बोसेल, कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्का, सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिलादेवि खड्का र भष्ट्रचार बिरुद्ध नागरिक निगरानी संस्थाका उपाध्यक्ष एकबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।
    उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष उमेशलाल मिजारको अध्यक्षता, सचिव सुवास रुचालको स्वागत र पत्रकार राम थापाको संचालनमा सम्पन्न भएको थियो । मेलाको अवसरमा नृत्य प्रतियोगिता, तीज गीत प्रतियोगिता सहित कलकारहरु कृष्ण अखेली, चिना थापा, पुस्कर बिवेक थापा, सिम्रन परियार, अमृता परियार, रवि कार्की लगाएतका कलकारहरुको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
    प्रतिष्ठानको कार्यक्रम सकियो
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङले आयोजना गरेको खुल्ला तीज गित प्रतियोगितामा बलेवा स्थित डनसाइन एकेडेमि प्रथम भएको छ ।
    हाम्रो अभियान अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ दुई दिन सम्म बिभिन्न कार्यक्रम गरि मनाएको तीज मेला २०८० को दोस्रो दिन भएको खुल्ला तीज गीत प्रतियोगितामा बानपा १२ स्थित डनसाइन एकेडेमीले प्रथम भएको हो ।
    ११ समुहको सहभागीता रहेको प्रतियोगिताबाट छन्त्याल आमा समुह द्धितीय, मेलमिलाप महिला समुह तृतीय, गौरीधाम सत्संग महिला समुह सान्त्वना भएका थिए भने शान्ति टोल आमा समुह उत्कृष्ट गायनको रुपमा पुरस्कुत भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, सान्त्वना र उत्कृष्ट गायनलाई क्रमश, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend