१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

‘बाल न्याय प्रणाली सुदृढ बने अपराधका घटना न्युनिकरण हुने’


जनमञ्च संवाददाता
  • १ असोज २०८० , सोमबार

  • ‘बाल न्याय प्रणाली सुदृढ बने अपराधका घटना न्युनिकरण हुने’

    बागलुङ, १ असोज– नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाएमा अपराधका घटना न्युनिकरण हुने सरोकारवालाले बताएका छन् ।
    बालमनोबिज्ञानलाई अपराधिक हुनबाट बचाउन न्याय क्षेत्रका सरोकारवाला र अभिभावक तथा सामाजिक व्यक्तित्वले बालबालिकाप्रति हेर्ने नजर सकारात्मक बनाउनुपर्ने समेत सरोकारवालाले सुझाएका छन् ।
    सर्बाेच्च अदालतका न्यायाधिस आनन्दमोहान भट्टराईको उपस्थ्तििमा आयोजित नेपालको बाल न्याय प्रणाली सुधार गर्न सरोकारवाला निकायको भूमिका सम्बन्धी एक दिने अन्तरक्रियामा उक्त सुझाव आएको हो ।
    कार्यक्रममा केन्द्रीय बाल न्याय समितिका अध्यक्षसमेत रहेका न्यायाधिस भट्टराईले न्याय क्षेत्रका सबै सरोकारवाला संवेदनशिल बन्नुपर्ने सुझाव पेश गरेका थिए । प्रभावकारी न्याय निरुपणका लागि पनि अनुसन्धान अधिकारीदेखि कानून व्यवसायी, न्यायलय समेत बालबालिका प्रति सकारात्मक बन्नुपर्ने समेत बताएका थिए ।
    कार्यक्रममा बागलुङ जिल्ला न्यायाधिस दिवकर भट्टले बाल इजलास संचालन समस्या र समाधानका उपाया बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतीकरणको टिप्पणी समेत न्यायाधिस भट्टराईले गरेका हुन् । समाजका हरेक सदस्य बालमैत्री बन्न सकेमा समाजमा सकारात्मक सुधार देखिने पनि उनले बताएका थिए ।
    बालबालिका जोडिएको मुद्दा छिटो फैसला गर्नुपर्ने, बालबालिकाकालागि छुट्टै इजलास हुनुपर्ने, इजलासमा न्यायाधिस सँगै बालमनोबिज्ञ र समाजसेवी हुनुपर्ने कानूनी व्यवस्था रहेको पनि उनले स्मरण गराए । बालबालिकालाई नियन्त्रणमा लिनै पर्ने अबस्थामा सादा पोशाकका प्रहरी परिचालन गर्नुपर्ने, प्रहरीमा बालक र बालिकको छुट्टाछुट्टै कक्ष हुनुपर्ने, बयान लिंनु पर्दा अभिभावकसँगै लिनुपर्ने र भौतिक र मानसिक यातना रहित सोधपुछ हुनुपर्ने कानूनी प्रावधान छ । तर व्यवहारमा त्यो नभएकोले बालमनोबिज्ञान बिग्रेको समेत सरोकारवालाको भनाइ थियो ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपकबाबु केसीको ‘बाल न्याय सम्बन्धी अनुसन्धान तथा अभियोजन’ र कानून व्यवसायी हरिकृष्ण सुवेदीको ‘बाल न्याय सम्पादनमा समाजसेवी र बालमनोविज्ञहरुको भूमिका’ बिषयक फरक फरक कार्यपत्र समेत प्रस्तुती भए ।
    केसीको प्रस्तुतीमा उच्च सरकारी वलिकको कार्यालयका उपन्यायाधिवक्ता टेकनाथ शर्मा, सुवेदीको प्रस्तुतीमा उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रमेशबहादुर खड्का र न्यायाधिस भट्टको प्रस्तुतीमा सबोच्चका न्यायाधिस भट्टराईले टिप्प्णी गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, सहायक प्रजिअ चित्राङगत बराल, अधिवक्ता हरिप्रसाद गौतम, लक्ष्मी जिसी कार्की, प्रकाश बराल, साबित्री केसी र रेशम नेपालीले प्रस्तुतीकरणमाथी छलफल गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend