१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

बागलुङका १४ जनालाई विभुषण र पुरस्कार


जनमञ्च संवाददाता
  • ३ असोज २०८० , बुधबार

  • बागलुङका १४ जनालाई विभुषण र पुरस्कार

    बागलुङ, ३ असोज– राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा बागलुङबाट १४ जना विभुसित तथा पुरस्कृत हुने भएका छन् । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली अनुसार बागलुङबाट १४ जना विभुसित तथा पुरस्कृत हुने भएका हुन् ।
    बागलुङबाट एक जना सामुदायीक बिद्यालय र दुई जना संस्थागत विद्यालयका शिक्षक पुरस्कृत हुने भएका छन् । सामुदायीक विद्यालयतर्फ जनप्रेम मावि ताराखोलाका शिक्षक नइन्द्र बहादुर गुरुङले राष्ट्रिय शिक्षा पुरस्कार पाउने छन् । मन्त्रालयका अनुसार बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ र युनिभर्सल सव–लाईम एकेडेमीका निर्देशक दलबहादुर थापा उक्त पुरस्कारबाट पुरस्कृत हुँदैछन् ।
    स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख प्रविण शर्मा नेपाल विधाभूषण पदक ‘ख’बाट विभुषित हुने भएका छन् । नेपाल विधाभूषण पदक ‘क’बाट बागलुङका प्रकाश प्रसाद सापकोटा, लालबहादुर पुन, ध्रुव प्रसाद न्युरे, महाश्रम शर्मा, गंगाधर अधिकारी, विशाल पौडेल र नेत्र प्रसाद शर्मा विभुषित हुँदैछन् ।
    त्यस्तै नेपाल विधाभूषण पदक ‘ख’बाट दिपेश राजभण्डारी र ‘ग’बाट हरिदत्त जोशीलाई विभुषित गर्न लागिएको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा १७७ जनाको नामावली सार्वजनिक भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend