१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बारको शुभकामना आदानप्रदान कार्यक्रम


जनमञ्च संवाददाता
  • ४ असोज २०८० , बिहिबार

  • बारको शुभकामना आदानप्रदान कार्यक्रम

    बागलुङ, ४ असोज– उच्च अदालत बार एसोसिएसन बागलुङले संविधान दिवशको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
    बुधबार भएको कार्यक्रममा सहभागिले संविधानले दिएका अधिकार कानून व्यवसायी र अदालतले पूर्ण रुपमा पालना गर्दा आम नागरिकले न्याय पाउने बताए । उनीहरुले राज्य संचालकलाई पनि कानूनको शासन बारे प्रष्टाउन सक्नुपर्ने धारणा राखे ।
    कार्यक्रममा उच्च अदालत बागलुङका न्यायाधिस मदन पोखरेल, लिम शर्मा र माधवेन्द्र रेग्मीले संविधानको अक्षरस पालनाका लागि बार बेञ्च मिलेर काम गर्नुपर्ने र नागरिकको न्यायका लागि समान दृष्टीकोण राख्नुपर्ने धारणा राखे । बरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद शर्मा निउरे र काजी गाउँले श्रेष्ठ, उच्च अदालतका रजिष्ट्रार नेत्र भुषाल, बारका पूर्व अध्यक्षहरु राम शर्मा र राजुप्रसाद गौतम लगायतले पनि शुभकामना व्यक्त गरे ।
    बारका अध्यक्ष रमेश खड्काको अध्यक्षता, सचिव उमाशंकर शर्माको संचालन र उपाध्यक्ष हरिकृष्ण सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा नव आगन्तुक उच्च अदालतका न्यायाधिस मदन पोखरेलको स्वागत समेत गरिएको थियो । न्यायाधिसमा सिफारिस भएका उच्च अदालतका रजिष्ट्रार नेत्र भुषाल र शिक्षा दिवशको अबसरमा नेपाल भुषण पदक पाएका अधिवक्ता डिल्लीराज गौतमलाई शुभकामना र बधाइ समेत ज्ञापन गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend