१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

कालिका गुठीमा पुनः खड्काकै नेतृत्व


जनमञ्च संवाददाता
  • ६ असोज २०८० , शनिबार

  • कालिका गुठीमा पुनः खड्काकै नेतृत्व

    बागलुङ, ६ असोज– बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः कुमार खड्का चयन भएका छन् । गुठी संस्थानले खड्काको अध्यक्षतमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरि गठन आदेश जारी गरेको हो ।
    समितिको उपाध्यक्षमा निशान खड्का, सचिवमा अर्जुन खड्का र कोषाध्यक्षमा रमेश खड्का सहसचिवमा ध्रुव खड्का चयन भएका छन् । सदस्यहरुमा विद्यादेवी खड्का, राजेन्द्र शाक्य, डम्मर बहादुर खड्का, गिता खड्का, भिमबहादुर चर्मकार, राजिन खड्का र डम्मर बहादुर थापा रहेका छन् ।
    दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएपछि खड्काले मन्दिर परिसरको पूर्वाधार बिकास र जिल्लाकै पर्यटन क्षेत्रमा प्रबद्र्धनका कार्यक्रम सञ्चालन गरिने बताए । दर्शनार्थीको आस्था र विश्वासलाई कमी आउन नदिन काम गर्ने उनले बताए ।
    समितिले मन्दिरलाई संरक्षण, थप कलात्मक तथा पुरातात्विक हिसाबले जिर्णोद्धार गरेको छ । अध्यक्ष खड्काको नेतृत्वमा मन्दिर परिसरमा जीर्ण संरचना पुरानै शैलीमा पुर्ननिर्माण र धर्मशाला, धार्मिक संग्रहालय, अखण्डधुनी निर्माण तथा हवन कुण्ड निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend