१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


जनमञ्च संवाददाता
  • ८ असोज २०८० , सोमबार

  • लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

    बागलुङ, ८ असोज– लागूऔषध कसुर मुद्दामा अदालतबाट १ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तोकिएपछि भागेका यहाँका एक प्रतिवादी पक्राउ परेका छन् ।
    बागलुङको तमानखोला गाउँपालिका–२ का ६७ बर्षिय चाउरे भन्ने रत्नप्रसाद कामीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गतबर्ष २०७९ असार २६ गते लागूऔषध कसुर मुद्दामा गुल्मी जिल्ला अदालतले कामीलाई दोषी ठहर गरेको थियो ।
    उनलाई १ महिना कैद र ७ हजार जरिवाना तोकिएको थियो । प्रहरीले कामीलाई पक्राउ गरेर कारवाहीका लािग जिल्ला अदालत बागलुङमा पठाएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए । पछिल्लो समय प्रहरीले फरार प्रतिवादी फक्राउको लहर चलाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend