१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बागलुङमा ‘परदेशी २’ को प्रिमियर


जनमञ्च संवाददाता
  • १३ असोज २०८० , शनिबार

  • बागलुङमा ‘परदेशी २’ को प्रिमियर

    बागलुङ, १३ असोज– प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ को शुक्रबार प्रिमियर गरिएको छ । अभिनेता तथा गायक सपुतको गृहजिल्ला बागलुङस्थित बीएसआर मुभिजमा फिल्म प्रिमियर गरिएको हो ।
    निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकीसहित सञ्चारकर्मीको उपस्थितिमा फिल्मको प्रथम प्रदर्शनी गरिएको हो ।
    प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरेका थिए ।
    प्रिमियरमा सहभागी मेयर श्रेष्ठले बागलुङमा फिल्मको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
    वैदेशिक रोजगारीको आयाम प्रस्तुत गर्ने यो फिल्म असोज २६ गते रिलिज हुँदैछ । फिल्म गायक समेत रहेका सपुतको डेब्यु पनि भएकाले दर्शकमाझ पर्खाइ छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend