१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

निजी बिद्यालयका शिक्षकको क्षमता बिकास तालिम


जनमञ्च संवाददाता
  • १५ असोज २०८० , सोमबार

  • निजी बिद्यालयका शिक्षकको क्षमता बिकास तालिम

    बागलुङ, १५ असोज– एनप्याब्सन बागलुङ नगर समितिले प्राथमिक तहका शिक्षकका लागि दुइ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । शिक्षण सिकाइमा अब्बल बनाउने, गुणस्तरीय शिक्षाको विकास गर्ने र बालमैत्री अभियानमा सहयोग पु¥याउन उक्त तालिम दिइएको हो ।
    तालिममा बागलुङ नगरभित्रका निजी तथा आवासिय बिद्यालयका ४० जना शिक्षकहरु सहभागि थिए । तालिममा सोनी पौडेलले सहजीकरण गरेकी थिइन् ।
    दुइ दिने तालिमपछि आयोजित समापन समारोहमा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले सजाय दिएर पढाउने चलनको अन्त्य गर्ने र बालबालिकालाई रमाएर सिक्दै पढ्ने अबसर दिन शिक्षकहरु तालिम प्राप्त बन्नुपर्ने बताए । दण्डरहित शिक्षा सहित बालमैत्री नगर बनाउने अभियानमा यस्ता तालिम सहयोगी हुने बताए ।
    एन प्याब्सन नगर समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, सचिव निसान खड्काको संचालनमा सम्पन्न कार्यक्रममा एनप्याब्सन बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, कालीगण्डकी बोर्डिङका संस्थापक निरन्जन लालराजभण्डारी र सहभागि शिक्षक लक्ष्मी थापाले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend