बागलुङ, १६ असोज– जीवन बिमा सम्बन्धी बागलुङमा अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेशनल लाइफ इन्सोरेन्स बागलुङ शाखाको आयोजनामा गलकोट र बेनीका नागरिकलाई अनुशिक्षण दिइएको हो ।
नेशनल लाइफ इन्सोरेन्सका केन्द्रीय मार्केटिक बिभाग प्रमुख बिबेक शर्माले जीवन बिमामा आम नागरिकको चासो बढाउन सबैको चासो र पहल हुनुपर्ने बताए । उनले जीवन बिमा अहिले सम्मको सुरक्षित आर्थिक क्षेत्र भएको पनि उनले दाबी गरे । अन्य बित्तिय क्षेत्रको तुलनामा सुरक्षित र जोखिम बहन गर्ने क्षेत्रबारे सचेत बनाउन सकेमा जीवन बिमाबाट नागरिकले फाइदा कमाउन सक्ने उनको धारणा थियो ।
विभिन्न स्थानका ७५ जना सहभागिलाई दिइएको अनुशिक्षणमा सहभागि गराइएको नेशनल लाइफ इन्सोरेन्स बागलुङका प्रमुख बिष्णुप्रसाद तिवारीले बताए । बागलुङ शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीको अध्यक्षता, बेनी शाखाका फमबहादुर थापाको स्वागत र गलकोट शाखाका प्रमुख देवेन्द्र सिंह बस्नेतको संचालनमा सम्पन्न कार्यक्रममा स्याङजा शाखाका प्रमुख दुर्गादत्त पौडेललेपनि अनुशिक्षण गराएका थिए ।