१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम


जनमञ्च संवाददाता
  • २० असोज २०८० , शनिबार

  • लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम

    बागलुङ, २० असोज– धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र वोर्डको आवहन, नेपाल मचेंन्ट बैंकर संघको समन्वय तथा ग्लोबल आइएमई क्यापीटल लिमिटेडको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
    पूँजी बजारमा नयाँ लगानीकर्तालाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्न गरिएको कार्यक्रमले पूँजीबजारको चेतनालाई थप अभिबृद्धि गराएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकारले बताए ।
    अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण ग्लोबल आइएमई क्यापिटल लिका नायव प्रबन्धक छविलाल शर्मा पौडेल र अनुसन्धान विभागका अनिल हुमागाईंले गरेका थिए । छलफलमा उठेका प्रश्नहरुको जवाफ बोर्डका उपकार्यकारी निर्देशक ताम्राकारले दिएका थिए ।
    धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायको आतिथ्यतामा सम्पन्न कार्यक्रम ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता र नायव प्रबन्धक छविलाल शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend