१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

सेवा निवृत्त शिक्षकहरुलाई बिदाई


जनमञ्च संवाददाता
  • २० असोज २०८० , शनिबार

  • सेवा निवृत्त शिक्षकहरुलाई बिदाई

    बागलुङ, २० असोज– जिल्लाको बरेङ गाउँपालिकाले सेवा निवृत्त शिक्षकहरुलाई बिदाईसहित सम्मान तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
    गाउँपालिकाले शिक्षण पेशामा संलग्न भई अनिवार्य सेवा निवृत्त भएका ६ जना शिक्षकलाई सम्मान तथा बिदाइ गरेको हो भने शैक्षिक सत्र २०७९ मा कक्षा ८, १० र १२ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । पालिकाका बिद्यालयको छनौट सूचकअनुसार जिम्मेवारपूर्वक सूचक पुरा गरेका विद्यालयको स्तर छनौट गरी स्तरका आधारमा विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको छ ।
    कार्यक्रममा अनिवार्य सेवा निवृत्त भएका शिक्षकहरु महेन्द्र मावि सुखौराका दुर्गाप्रसाद शर्मा, भृकुटी माविका रुपनारायण शर्मा, साग्दी प्राविका पुर्णबहादुर न्यौपाने, हुग्दिशिर प्राविका जगबहादुर काउचालाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा र प्रमुख प्रशासकिय अधिकृत जितबहादुर रानाले सम्मानसहित बिदाई गरेका थिए ।
    त्यसैगरी, शारदा माविका रामजीप्रसाद न्यौपाने र भृकुटी माविका रामप्रसाद पौड्याललाई मायाको चिनो र प्रमाणपत्रले सम्मानसहित बिदाई गरिएको थियो भने शैक्षिक सत्र २०७९ मा कक्षा ८, १० र १२ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने ३६ जना विद्यार्थीलाई पुरस्कृत गरिएको पालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend