१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

प्रधानमन्त्री प्रचण्ड मुुस्ताङमा


–रासस
  • १ कार्तिक २०८० , बुधबार

  • प्रधानमन्त्री प्रचण्ड मुुस्ताङमा
    ????????????? ???????? ????? '???????' ??? ?????? ?????? ??????????? ?????? ????? ??????? ?????????? ? ????????? ??????? ??????? ??? ????????? ????????? ??????? ??????? ?????? (??????)?? ?????? ????? ?????? ???????? ???????? ????????????? ?????? ??? ????????????? ????? ??????? ???? ???? ?? ? ?????? : ?????? ????/????

    जोमसोम १ कात्तिक– प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुुस्ताङ आइपुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुुन दाहाल मुुस्ताङ आएका हुन् ।
    नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आभएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुुगेको कागबेनीलगायत क्षेत्रको अनुुगमनमा आएको मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । प्रधानमन्त्री दाहालले मुुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।
    चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुुस्ताङका इन्चार्ज कपिल लामाले बताए ।
    प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत मुस्ताङ आएका छन् ।
    जलवायुु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले बुधबारै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend