बागलुङ, ३ कात्तिक– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक बर्षको तीन महिनामा ३३ लाख बढि राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक बर्ष २०८०\८१ को तीन महिनामा बिभिन्न सवारी साधनको कारवाहिबाट ३२ लाख १६ हजार राजस्व संकलन गरेको हो ।
चालु आर्थिक बर्षको साउन महिनामा ११ लाख २२ हजार ५ सय, भदौ महिनामा ९ लाख ८३ हजार ५ सय र असोज महिनामा ११ लाख १० हजार गरि ३२ लाख १६ हजार राजस्व संकलन भएको ट्राफिक प्रमुख मिनबहादुर खड्काले जानकारी दिए ।
ट्राफिक नियम बिपरित संचालन भएका ट्रक\टिपर, बस, कार तथा जिप, ट्याक्टर, मोटरसाइकल र अन्य सवारी साधनलाई गरिएको कारवाहिबाट राजस्व संकलन गरिएको उनले बताए । पछिल्लो समय बिदाको दिनमा पनि बिना पास सरकारी गाडि संचालन भएको पाइएकाले ती गाडीलाई पनि कारवाहिको दायरामा ल्याइएको खड्काले जानकारी दिए ।
बिना पास बिभिन्न पालिका तथा वडाका सवारी साधन विदाको दिनमा पनि संचालन गरि दुरुपयोग गरेको भन्ने गुनासो आएकाले उनिहरुलाई समेत कारवाहि गरि राजस्व संकलन गरिएको उनको भनाई थियो । यो अवधिमा १६ वटा सरकारी गाडि कारवाहि गर्दा १६ हजार राजस्व उठेको उनले जानकारी दिए ।