बागलुङ, ४ असोज– जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक बर्षको ३ महिनामा १ हजार बढि नयाँ नागरिकता बितरण गरेको छ । प्रशासनले चालु आर्थिक बर्ष २०८०/०८१ साउन १ गतेबाट असोज मसान्तसम्म १ हजार १ सय ५१ जनालाई नयाँ नागरिकता वितरण गरेको हो ।
यो अवधिमा २ हजार ४ सय ४३ जनालाई राहदानी वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । तीन महिनाको अवधिमा १ हजार ६२ जनालाई नागरिकताको प्रतिलिपी वितरण, २ सय ४२ जनालाई नावालक परिचय पत्र वितरण गरिएको र २ हजार ७ सय ६९ राहदानीका लागि जिल्लाबाट सिफारिश गरिएको बरालले बताए ।
प्रशासनले यो अवधिमा १ करोड ५६ लाख ८१ हजार ४ सय ७५ राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।