११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

नेपाललाई यू–१९ क्रिकेट कपको उपाधि


जनमञ्च संवाददाता
  • ७ कार्तिक २०८० , मंगलबार

  • नेपाललाई यू–१९ क्रिकेट कपको उपाधि

    काठमाडौं, ७ असोज– नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै नेपालले फाइनलमा जित हासिल गरेको हो ।
    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भयो ।
    वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ ।
    नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन । यूएईका ध्रुव परासले आक्रामक ५९ रन बनाउँदै नेपाललाई अत्त्याएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्यो ।
    यसअघि नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए ।
    खनालको प्रतियोगितामा यो दोस्रो शतक हो । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पु¥याएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend