१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

जलचर संरक्षण नीतिमार्फत असला माछा जोगाउँदै गनापा


जनमञ्च संवाददाता
  • १४ कार्तिक २०८० , मंगलबार

  • जलचर संरक्षण नीतिमार्फत असला माछा जोगाउँदै गनापा

    बागलुङ, १४ कात्तिक– करेन्ट लगाएर माछा मार्नेहरु बढेपछि बागलुङको गलकोट नगरपालिकाले दरमखोलाको असला जोगाउने तयारी गरेको छ । ‘जलचर संरक्षण नीति’ मार्फत् असला जोगाउन लागिएको हो ।
    देश विदेशमा दरमखोलाको असलाको चर्चा हुने गरेपनि अवैधानिक रुपमा मार्नेहरुबाट असला लोप हुने खतरा बढेपछि नगरपालिकाले कात्तिकसम्मका लागि मार्न रोक समेत लगाएको छ ।
    त्यसपछि भने नीति अनुसार बनाइएको कार्यविधिमा रहेर माछा मार्न पाउने व्यवस्था गरिएको प्रशासकीय अधिकृत तुलबहादुर बिकले बताए । उक्त नीति अनुसार विपन्न र बेरोजगार तथा परम्परागत रुपमा पेशा अङ्गालेका नागरिकलाई मात्र माछा मार्न दिइने उनको भनाई छ ।
    करेन्ट लगाएर वा विष हालेर माछा मार्न नदिने नीति बनाएको उल्लेख गर्दै उनले दरमखोलाको अस्तित्व जोगाउन पनि कार्यविधि अनुसार तोकिएका समुदाय र व्यक्तिले मात्र माछा मार्न पाउने व्यवस्था गर्न लागिएको बताए ।
    देशविदेशमा समेत प्रसिद्ध भएको दरमखोलाको असला लोप भएमा गलकोट क्षेत्रको अस्तित्वमै संकट आउने भएकोले यस्तो नीति लिनुपरेको सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले बताए । खोलामा बिष हालेर माछा मार्दा असलाको प्रजाति नै नष्ट हुने खतरा देखेपछि नगरपालिकाले संरक्षण नीति ल्याएको उनको भनाई छ ।
    माछा मात्र हैन, विष हाल्दा र करेन्ट लगाउँदा सबै जलचरको जीवन समेत नष्ट हुने गरेको नगर उपप्रमुख फमलार निउरेले बताए । दरमखोलाको माछा भनेपछि प्रतिकेजी एक हजार ५ सय सम्म बिक्री हुने गरेको छ । सुकुटी बनाएर बेच्दा प्रतिकेजी ६ हजार ५ सय रुपैयाँसम्म पर्ने स्थानीय व्यवसायी कौशिला घर्तीले बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend