१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

गलुवा ढाँडखर्क प्राबिलाई पोमे च्यानल फ्रान्सद्धारा स्टेशनरी सहयोग


जनमञ्च संवाददाता
  • १५ कार्तिक २०८० , बुधबार

  • गलुवा ढाँडखर्क प्राबिलाई पोमे च्यानल फ्रान्सद्धारा स्टेशनरी सहयोग

    बागलुङ, १५ कात्तिक– बागलुङ नगरपालिका–१० स्थित गलुवा ढाँडखर्क प्राबिका बिद्यार्थीलाई एसोसिएसन पोमे च्यानल फ्रान्सले स्टेशनरी सामग्री प्रदान गरेको छ ।
    पोमे च्यानल फ्रान्सले नर्सरीदेखी ५ कक्षासम्मका बिद्यार्थीलाई झोला सहित स्टेशनरी सामग्री सहयोग गरेको हो । उक्त सामग्री पोमे च्यानल फ्रान्सका फोलोरा, क्लोयर, सोफी लोरेन्स सबिनु र क्यामारोलिन लगायतले बितरण गरेका थिए ।
    स्व. मानबहादुर केसीको छोरी नितु केसीको पहलमा ७० हजार बराबरको सामग्री हस्तान्तरण गरेको बिद्यालयका प्रधानाध्यापक धनकुमारी गौचनले जानकारी दिइन् । सो अवसरमा बागलुङ नगरपालिका–१० का वडाअध्यक्ष तिलबहादुर थापाले सामुदायिक बिद्यालयको स्तरोन्नतीका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । सो अवसरमा सहयोगदातालाई बिद्यालयले सम्मानपत्र प्रदान गरेको थियो ।
    कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविश्वर पाध्याको अध्यक्षता, बिद्यालयका प्रधानाध्यापक धनकुमारी गौचनको स्वागत मन्तव्य र शिक्षिका सुनिता साहीको संचालनमा सम्पन्न भएको थियो । सिर्जनसिल आमा समुह र भैरव आमा समुहले पनि सहयोग गरेको बिद्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend