१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बागलुङ कप टी-२० क्रिकेट : पर्वत र स्याङजा विजयी


जनमञ्च संवाददाता
  • २२ कार्तिक २०८० , बुधबार

  • बागलुङ कप टी-२० क्रिकेट : पर्वत र स्याङजा विजयी

    बागलुङ, २२ कात्तिक– गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगितामा पर्वत र स्याङ्जा क्रिकेट संघले विजयी सुरुवात गरेका छन् ।
    बागलुङ क्रिकेट संघको आयोजनामा मंगलबारदेखि सुरुभएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागलुङलाई पर्वतले १८ रनले हराएको छ । जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ ७९ रनमा अलआउट भयो । बागलुङका सन्देश खड्काले २३ रन र रमेश बस्नेतले११ रन बनाए
    पर्वतका सुरेश भट्टराईले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए ।
    टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले २० ओभरमा ९७ रन बनाएको थियो । पर्वतको लागि सरोज केसीले१७ रन र विकास क्षेत्रीले १५ रन बनाए ।
    बागलुङका सन्देश खड्काले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए ।
    दोस्रो खेलमा स्याङ्जाले तनहुँलाई ७७ रनले पराजित गरेको छ । १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ ३९ रनमा अलआउट भयो । तनहुँको लागि इसान श्रेष्ठले १२ रन बनाए ।
    स्याङ्जाका तुलसीराम भण्डारीले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए ।
    टस जितेर पहिला व्याटिङ गरेको स्याङ्जा १ सय १६ रनमा अलआउट भएको थियो । स्याङ्जाको लागि सन्दिप खत्री क्षेत्रीले १३ बलमा १८ रन र करण पंगेनीले १२ बलमा १७ रन बनाए । तनहुँका सिके पौडेलले ३ ओभर ३ बलमा २७ रन खर्चेर ३ विकेट लिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend