१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

कुपोषण पिडित बालकलाई उपचारमा सहजीकरण


जनमञ्च संवाददाता
  • २४ कार्तिक २०८० , शुक्रबार

  • कुपोषण पिडित बालकलाई उपचारमा सहजीकरण

    बागलुङ, २४ कात्तिक– जिल्लामा कुपोषण पीडित एक बालकलाई उपचारमा सहजीकरण गरिएको छ । गल्कोट नगरपालिका–२ नरेठाँटीमा गत भदौ २८ गते जन्मिएका एक बालकको धौलागिरि अस्पतालमा उपचारका लागि सहजीकरण गरिएको हो ।
    नरेठाँटी स्वास्थ्यचौकीमा कार्यरत सिनीयर अनमी जमुना कुमारी कार्कीको पहलमा बागलुङमा संचालित हिमालयन मोटरसाइकल वर्कसपका प्रोपाइटर यामबहादुर कार्की र पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य तथा धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माको सहकार्यमा उपचारका लागि सहजीकरण गरिएको हो ।
    जन्मदा १९ सय ग्राम तौल भएका बालकको परिवारको वेवास्थाका कारण १ महिना २७ दिन हुँदा पनि तौल बढ्ने भन्दा कम हुदै गएर १८ सय ग्राममा झरेको र परिवारको आर्थिक अवस्था पनि कमजोर भएका कारण उपचारका लागि पहल गरेको सिनीयर अनमी कार्कीले बताइन् ।
    बालकलाई उपचारका लागि लिएर आएकी आमा बागलुङमा आएर बेवारिसे जस्तै बनेको अवस्थामा व्यवसायी कार्की र पत्रकार शर्माले भेटी अस्पतालको सम्बन्धित ठाउँमा पु¥याउनु भएको थियो । अस्पतालका बालरोग बिषेशज्ञ किरण तिवारीले बच्चालाई शिघ्र कुपोषण भएकाले पोषण कार्यक्रमको सहयोगमा अस्पतालमा राखेर आवश्यक उपचार गर्ने बताए ।
    अस्पतालका पोषण अधिकृत निशान्त आचार्यले सरकारले दिएको निशुल्क उपचार सेवालाई अधिकतम रुपमा बच्चाको उपचारमा प्रयोग गरिने बताए । शिघ्र कुपोषण भएकाले २ हप्तादेखि ४ हप्तासम्म राख्नुपर्ने निर्देशिका रहेकाले पूर्ण रुपमा सकुशल नभएसम्म बच्चालाई अस्पतालमा राखेर उपचार गरिने उनको भनाई थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend