तस्बिर अर्जुन कार्की
बागलुङ, २४ कात्तिक– ‘बागलुङ कप’ टि–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि कास्की र नवलपुर भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा कास्की र नवलपुरले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् ।
शुक्रबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा ९३ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । कास्कीको लागि विपिन खत्रीले २५ रन र किरण पौडेलले १५ रन बनाए । स्याङ्जाको लागि सन्दिप खत्रीले २ विकेट लिए ।
टस जितेर पहिले व्याटिङ गरेको स्याङ्जा १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो । स्याङ्जाको लागि सुजन गौतमले २५ र अंकित न्यौपानेले २२ रन बनाए । कास्कीको लागि कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए ।
यस्तै, दोस्रो सेमिफाइनल खेलमा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गर्यो । ४१ रनको सामान्य लक्ष्य पछ्याएको नवलपुरले ४.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो । नवलपुरको लागि रविन शर्माले १६ र गोविन्द विकले १३ रन बनाए ।