१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

धौलागिरी एफएमको १९ औं बार्षिकोत्सव : मानव आश्रममा थर्मस र खाधान्न वितरण


जनमञ्च संवाददाता
  • २६ कार्तिक २०८० , आइतबार

  • धौलागिरी एफएमको १९ औं बार्षिकोत्सव : मानव आश्रममा थर्मस र खाधान्न वितरण

    बागलुङ, २६ कात्तिक– धौलागिरी एफएम ९८.६ मेगाहर्ज बागलुङले आफ्नो १९औं बार्षिकोत्सव कार्यक्रम त्रिदिवसीय कार्यक्रमसहित मनाउन सुरु गरेको छ ।
    बार्षिकोत्सवको पहिलो दिन शनिवार मानव सेवा आश्रम बागलुङमा तातो थर्मस र खाधान्न वितरण गरेर कार्यक्रमको सुरुवात गरेको धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले वताए ।
    मानव सेवा आश्रममा आयोजना गरिएको कार्यक्रममा एफएमका अध्यक्ष हरिनारायण गौतमले विभिन्न साईजका ३ वटा थर्मस र खाधान्न सामाग्री प्रदान गरेर कार्यक्रमको सुरुवात गरे ।
    आश्रमसंगको समन्वयमा तत्काल आवश्यक रहेका सामाग्रीहरु तरल पदार्थका राख्ने थर्मस, आलु र स्वाईमिन लगायतका खाधान्न सामाग्री हस्त्तान्तरण गरिएको कार्यक्रम संयोजक आयसा आचार्यले वताईन ।
    सो अवसरमा मन्तब्य राख्दै अध्यक्ष गौतमले सञ्चार माध्यमको पहिलो काम नागरिकलाई सूचनाको पहुँच पुराउने भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत बार्षिकोत्सवको अवसरमा आश्रमको काममा सहयोग गर्न आईपुगेको वताए ।
    उनले विगतका वर्षमा पनि आश्रमलाई न्यानो कपडा, खाधान्न, रेडियो लगायतका सामाग्री प्रदान गरिएको स्मरण गर्दै सामाजिक काममा सहकार्य गरिएको उल्लेख गरे ।
    सो अवसरमा आश्रमका संयोजक विपना तामाङ, एफएमका स्टेशन प्रमुख शर्मा, प्रशासन अधिकृत रन्जिता शर्मा, सहसम्पादक कोपिला कँडेल, देउसीभैलो कार्यक्रमका संयोजक पवन खड्का, प्राविधिक प्रमुख कृष्ण संयोग, कार्यक्रम प्रस्तोता दिनेश विकल्प, आयसा आचार्य, लक्ष्मी परियार, पुष्पा छन्त्याल, एन्जुला क्षेत्री लगायतले मानव सेवा र आश्रमको भूमिका तथा धौलागिरी एफएमको विषयमा जानकारी दिए ।
    एफएमले कार्यक्रमको दोस्रो दिन भोलि पत्रकार महासंघ र मिडियाविच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
    तेस्रो दिन सोमवार मुल समारोह, सम्मान र देउसी भैलो कार्यक्रमको आयोजना गरिएको एफएमका सम्पादक तारा प्रसाद शर्माले वताए ।
    २०६१ कात्तिक २७ गते तत्कालिन धौलागिरीको आञ्चलिक दुत बनेर धौलागिरी एफएमको प्रशारण सुरु भएको थियो । सूचना र सञ्चारमा नागरिकको पहुँच वृद्धि गर्न ‘विकट र निकटका खबरहरु’ सहजै रुपमा नागरिकको विचमा पुराउने पवित्र उदेश्य राखेर एफएम सञ्चालनमा ल्याएको अध्यक्ष गौतमले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend