प्रतिकात्मक तस्बिर
म्याग्दी, २७ कात्तिक– म्याग्दीको अन्नपूूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुुङ्गे पुुल निर्माण भएको छ । शिखको निरवाङ र किन्दुु जोड्ने झोलुुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्राअवधि २० मिनेटमा छोटिएको छ ।
अन्नपूूर्ण गाउँपालिका–५ घिरवाङका बासिन्दा अर्जुुन चोचाङ्गीले पुुल बनेपछि जङ्गल, भिर र खोल्साको घुुमाउरो बाटो यात्रा गर्नुुपर्ने बाध्यता हटेको र यात्रा अवधि पनि छोटिएको बताए ।
“किन्दुु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुुग्न स्वाँत खोलाको घुुमाउरो बाटो प्रयोग गर्दा ४५ मिनेट लाग्ने गरेको थियो”, उनले भने, “पुुल बनेपछि २० यात्रा अवधि २० मिनेटमा छोटिएको छ ।”
पुुलबाट शिख, किन्दुु, धोस्केखोरीया, घिरवाङ र पाउद्वारका पाँच सयभन्दा बढी घरधुुरी लाभान्वित भएका अन्नपूूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले बताए । “संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३४४.८ मिटर लामो र एक सय ४० मिटर भन्दा अग्लो झोलुङ्गे पुल ठेक्कामार्फत करिब डेढ करोडको लागतमा निर्माण गरेको हो”, उनले भने, “गत वैशाखदेखि सुुरु भएको पुुल निर्माण कार्य सकिएपछि यसै महिनादेखि प्रयोगमा आएको हो ।”
पुुल बनेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई सहज भएको निरवाङका ८० वर्षीय कुुलबहादुुर पुुर्जाले बताए । “गाडीले निरवाङको छेउमा ल्याउने सामान किन्दुुका बासिन्दाले बोकेर गाउँमा लैजान्छन । गाडी चढ्न पनि पुुल तरेर यही आउँछन”, उनले भने, “पुुल हेर्न वरपरका गाउँबाट दैनिकजसो मानिस आइरहेका छन् ।”
शिखदेखि ढाडखर्क, खोपारा जाने र आउने पर्यटकलाई पनि आवतजावत गर्न सहज भएको छ । किन्दुु, धोस्केखोरका बासिन्दाले उत्पादन गरेको आलु, सिमी बजार पढाउन पुुलले सजिलो बनाएको छ । यो अन्नपूूर्ण गाउँपालिकाको सबैभन्दा लामो पुुल भएको वडा अध्यक्ष तिलिजाले बताए ।