बागलुङ, २० मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जहाँ दुःख समस्या छन् त्यहाँ पुग्ने बताएका छन् ।
समृद्धिको लागि संकल्प यात्रा–२०८०’ अन्तर्गत बुधबार बागलुङको झिँवाखोलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘जेष्ठ नागरिकलाई दुखमा साथी बन्न भत्ता दिएको हो ।’ समृद्विको लागि संकल्प यात्रा जनता धनी बनाउने उपाय खोज्न यात्रा रहेको समेत ओलीले बताए ।
मध्यपहाडी लोकमार्गसंग जोडिएको निसीखोलाको विकासका सन्दर्भमा पनि ध्यान केन्द्रित गरेको ओलीले बताए । कार्यक्रममा बागलुङको परिचय बनाएको बुट्टेनली नली अध्यक्ष ओली उपहार प्रदान गरिएको थियो ।
एमाले बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियारका अनुसार, पदयात्री टोलीलाई बुधवार गण्डकी र कर्णाली प्रदेशको सिमाक्षेत्र पाती हाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गरेको छ ।
मंसिर २१ गते बिहिबार बिहान १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा अध्यक्ष केपी ओलीसंग संवाद गर्ने कार्यक्रम परियारले जानकारी दिए ।
