बागलुङ, २१ मंसिर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीेले वर्तमान सरकार विदेशीको इशारामा चल्न खोज्दा विकासमा बाधा आएको बताएका छन् ।
एमालेले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राको क्रममा बिहिबार बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै वर्तमान ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोस पोखे । सरकारप्रति आक्रोस पोख्दै ओलीले यो सरकार रहेसम्म जनताले बिकासको फल नपाउने दावी समेत गरे । उनले छिमेकी रिसाउलाकी भनेर गर्ने कामले नेपाली जनताले विकास देख्न नपाएको बताए ।
ओलीले पोखरा बिमानस्थल आफ्नो पालामा बनेको तर संचालन गर्न सरकार डराएको बताए । ‘हामीले बिमानस्थल बनायौं, संचालन गर्न सरकार डराइरहेको छ’ ओलीले भने, ‘छिमेकीले के भन्ला भनेर जहाज नचलाएको रे ।’
कार्यक्रममा बागलुङबासीको तर्फबाट एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले दिएको मागपत्र बुझेपछि ओलीले बिकासमा सबै क्षेत्र समेट्ने आश्वासन दिए ।
उनले एमालेले बिकास गर्छ, कांग्रेसले ठेक्का लिएर काम अलपत्र पार्छ भन्दै कांग्रेसको आलोचना समेत गरेका थिए ।