९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अनेमसंघ जैमिनीको अध्यक्षमा थापा


जनमञ्च संवाददाता
  • १२ पौस २०८० , बिहिबार

  • अनेमसंघ जैमिनीको अध्यक्षमा थापा

    बागलुङ, १२ पुस– अखिल नेपाल महिला संघ जैमिनी नगर सम्मेलनले दुर्गा पाण्डे थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुधबार कुश्मीशेरामा सम्पन्न भेलाले थापाको नेतृत्वमा २५ सदस्यीय नगर कमिटि गठन गरेको हो ।
    कमिटिको उपाध्यक्षमा बिष्णुदेवी शर्मा, सचिवमा शान्तिदेवी शर्मा, सहसचीवमा कुमारी राना थापा, कोषाध्यक्षमा राधादेवी शर्मा सुवेदी, सदस्यहरुमा चन्द्र उचइ, अञ्जुदेवी सार्की, सीता पाठक, गीता बिक, चन्द्रिकला बहिक, लिलादेवी सुवदी, नुनुकुमारी थापा क्षेत्री, राधा शर्मा पौडेल, टिका ढकाल, राधा सुवेदी, मिना कुमारी क्षेत्री, लिला जिसी, अमृता थापा, जुनकुमारी क्षेत्री,, सृष्टि शर्मा र बिष्णु नेपाली चयन भएका छन् ।
    सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघकी स्थायी कमिटि सदस्य तथा जिल्ला इञ्चार्ज भीमा अधिकारीले महिला अधिकरका क्षेत्रमा महिला आँफै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिईन् ।
    नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले नेतृत्वमा महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य सञ्जाल शर्मा, अनेम संघ प्रदेश कमिटि सदस्य यमुनादेवी शर्मा, लगायतले बोलेका थिए । नगर कमिटी अध्यक्ष लक्ष्मी किसानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सीता शर्मा र सञ्चालन तुलसी केसीले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend