९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरि क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत


जनमञ्च संवाददाता
  • २४ माघ २०८० , बुधबार

  • धौलागिरि क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

    बागलुङ, २४ माघ– धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ ।
    स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङाको आयोजनामा स्थानतक र स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले नेपालीहरुमा केवल नकारात्मकतालाई देखाएर पन्छिने बानीले समस्या भैरहेको बताए । सुवेदीले कसै न कसैले प्रयास नगरी देश नबन्ने समेत उल्लेख गरे ।
    कार्यक्रममा धौलागिरि क्याम्पसका सञ्चालक समिति अध्यक्ष प्रा. डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, पूर्व स्ववियु सभापति हिराबहादुर केसी, कमल अधिकारी, चिरञ्जीवी गौतम, निवर्तमान स्ववियु सभापति मनबहादुर थापा मनिष, त्रिवि प्राध्यापक संघ धौलागिरि क्याम्पस इकाई सभापति भक्तिराम न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    त्यसैगरी त्रिवि कर्मचारी संघ धौलागिरि क्याम्पस इकाई सभापति शिवराज पन्त, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश पन्त, अखिल क्रान्तिकारी विप्लवका सुजन विक, विद्यार्थीहरु नारायण खरेल, बिमला रिजाल, एल्ड्रिन थापा, नवआगन्तुक विद्यार्थी समिर सेन्चुरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि क्याम्पसका स्ववियु अध्यक्ष सुदिप सागर कँडेलको अध्यक्षता, उपाध्यक्ष दिपक सुवेदीको स्वागत र सचिव अनिल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend