९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

विद्यामन्दिर माविको ८३ औ बार्षिकोत्सव सकियो


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०८० , बिहिबार

  • विद्यामन्दिर माविको ८३ औ बार्षिकोत्सव सकियो

    बागलुङ, ३ फागुन– विद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङको बार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । साताव्यापी रुपमा बार्षिकोत्सव मनाउन शुरु गरेको बिद्यालयले सरस्वती पुजासहित, प्रभातफेरी, शैक्षिक विज्ञान प्रर्दशनी, विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारी सम्मान गरेको थियो ।
    सम्मानित हुनेमा लेखा बिषयका शिक्षक शंकर थापा, सरिता लामिछाने,जमुना भण्डारी, लेखा सहायक टुकु शर्र्मा, कार्यालय सहयोगी खगिसरा थापा रहेका छन् । उनीहरुलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य र बरिष्ठ चन्दादाता लालु श्रेष्ठले सम्मान पत्रसहित दोशल्ला ओडाएर सम्मान गरेका थिए ।
    सो अवसरमा बोल्दै चन्दादाता श्रेष्ठले बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि आफुले जस्तोसुकै सहयोग गर्ने बताए । उनले पुरानो ईतिहास बोकेको बिद्यालय भएको हुनाले यस बिद्यालयलाई सुबिधा सम्पन्न र शैक्षिक आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौका अध्यष रस्युमिला श्रेष्ठ, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख युक्तप्रसाद शर्मा, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, चन्दादाता श्रवणलाल शाक्य, सिद्यार्थ मिलन श्रेष्ठ, शिक्षक अभिभावक सघंका अध्यक्ष खिमानन्द पौडेल, कक्षा ११ र १२ का पुर्व संयोजक डा. डिल्लीराज गौतम र बिद्यार्थी संस्कार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    बिद्यालयको शैैक्षिक तथा प्र्रगति प्रतिबेदन प्रधानाध्यापक छविरमण रेग्मीले प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता र शिक्षक भिमप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend